इटहरीको मेयरमा कांग्रेसका पौडेल निर्वाचित « Khabarhub

इटहरीको मेयरमा कांग्रेसका पौडेल निर्वाचित


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।

उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन् ।

पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए । राप्रपाका आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् ।

चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : ११ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन