३३ हजार ६१५ जना जनप्रतिनिधि निर्वाचित हुँदा कुन दलले कति जिते  ? | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन

३३ हजार ६१५ जना जनप्रतिनिधि निर्वाचित हुँदा कुन दलले कति जिते  ?


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । 

निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ । वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन भएको थियो । निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

आयोगको पछिल्लो मतपरिणामको तथ्यांक अनुसार स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवारले जितेका छन् । 

कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका १३ हजार २०० उम्मेदवार विभिन्न पदमा निर्वाचित भइसकेका छन् । प्रमुखमा १२७, अध्यक्षमा १८६, उपप्रमुखमा १००, उपाध्यक्षमा १९०, वडा अध्यक्षमा २ हजार ५५०, महिला सदस्यमा २ हजार ५०६, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ५ हजार ८९ जना कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । 

कांग्रेसपछि दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आयोगका अनुसार विभिन्न पदमा हालसम्म एमालेका ११ हजार ३८० जना उम्मेदवार विजयी बनेका छन् । 

विजयी हुने एमाले उम्मेदवारमा प्रमुख पदमा ६९, अध्यक्षमा १२१, उपप्रमुखमा ९२, उपाध्यक्षमा १२२, वडा अध्यक्षमा २ हजार ४९, महिला सदस्यमा २ हजार २४१, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ४ हजार ४९६ जना रहेका छन् । 

माओवादीका हालसम्म ४ हजार ९३० जना उम्मेदवार विजयी बनेका छन् । प्रमुखमा २४, अध्यक्षमा ९६, उपप्रमुखमा ३२, उपाध्यक्षमा ९५, वडा अध्यक्षमा  १ हजार ३०, महिला सदस्यमा ९४०, दलित महिला सदस्यमा ९४९ र सदस्यमा १ हजार ७६४ जना माओवादी उम्मेदवारले जित निकालेका छन् ।

जसपा नेपालका ३ हजार ३९१ जना उम्मेदवारले जितेको आयोगले जनाएको छ । यिमध्ये अध्यक्षमा २०, उपप्रमुखमा ११, उपाध्यक्षमा १८, वडा अध्यक्षमा २७३, महिला सदस्यमा २७४, दलित महिला सदस्यमा २७२ र सदस्यमा ५४६ जनाले जित निकालेका हुन् । 

आयोगका अनुसार हालसम्म अन्य साना दल र स्वतन्त्र उम्मेदवारी दिने २ हजार ६९१ जना विजयी बनेका छन् । अन्य दल र स्वतन्त्रका २७ जनाले प्रमुखमा, २९ जनाले अध्यक्षमा, २० जनाले उपप्रमुखमा, २७ जनाले उपाध्यक्षमा, ५६२ जनाले वडा अध्यक्षमा, ५०० जनाले महिला सदस्यमा, ४८५ जनाले दलित महिला सदस्यमा र १ हजार ३२ जनाले सदस्यमा जितेका छन् । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  २ : १८ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज