सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो « Khabarhub

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सार्वजानिक यातायातका भाडा बृद्धि गरेको छ । सरकारले हाल कायम भाडामा १२ प्रतिशतले बृद्धि गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

सार्वजनिक सवारी साधनमा असार १ गतेबाट लागू हुने गरी सबै खाले भाडा वृद्धि भएको हो ।

विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतलाई आधार बनाएर भनयाँ भाडादर कायम भएको जनाएको छ ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल समेत गरेको थियो । उक्त छलफलपछि भाडा बृद्धि गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवत्ता तीर्थराज खनालले खबरहबलाई जानकारी दिए ।

बिहिबार यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय गरि गरिएको विभागले जनाएको छ । लामो समयदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्ने माग गर्दै आएका थिए । सोही अनुसार भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

यस्तै ट्याक्सीको भाडादरमा समेत समायोजन गर्ने सरकारको तयारी छ । विहीबार(आज) बेलुका बैठक बसेर भाडादर निर्धारण गरिने प्रवक्ता खनालले जानकारी दिए ।

यस्तै सरकारले असार १ गतेदेखि रात्रिकालिन बस चलाउने तयारी गरेको छ । यसको भाडा दिउँसोको सवारीको भन्दा धेरै हुने छ । रात्रिकालिन बसको न्यूनतम भाडा २२ रुपैयाँ हुने भएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ४ : ०९ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’