छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरी सप्तरीकै कान्छो पालिका प्रमुख « Khabarhub

छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरी सप्तरीकै कान्छो पालिका प्रमुख


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का विद्यानन्द चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन् ।

२६ वर्षीय चौधरी ११ सय २९ मतान्तरले विजयी भएका हुन् । उनी जिल्लाकै कान्छो पालिका प्रमुख भएका छन्।  उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालका सत्यनारायण यादवले १७ सय ६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी राजुदेवीले २४ सय ७२ मत प्राप्त गरेकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेवी साहले १५ सय ९५ मत प्राप्त गरिन् । गएराति अबेर सातवटै वडाको मतगणना सकिएको निर्वाचन अधिकृत सूर्यराज घिमिरेले जानकारी दिए । कुल १७ हजार ७५७ मतदाता रहेको छिन्नमस्ता गाउँपालिकामा १३ हजार ७४४ मत खसेको थियो ।

छिन्नमस्ताको वडा नम्बर १ मा वडाध्यक्षसहित माओवादी केन्द्रका ललनप्रसाद यादवको प्यानल, वडा नम्बर २ मा जनमत पार्टीका सिकेन्दर साह, वडा नम्बर ३ मा जसपाका विजय यादव, वडा नम्बर ४ मा एकीकृत समाजवादीका सूर्यनारायण यादव (गयानन्द), वडा नम्बर ५ मा एमालेका जयप्रकाश ठाकुर, वडा नम्बर ६ मा माओवादी केन्द्रका कपलेश्वर साह र वडा नम्बर ७ मा एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ४ : ३६ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६