छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरी सप्तरीकै कान्छो पालिका प्रमुख | Khabarhub Khabarhub

छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरी सप्तरीकै कान्छो पालिका प्रमुख


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का विद्यानन्द चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन् ।

२६ वर्षीय चौधरी ११ सय २९ मतान्तरले विजयी भएका हुन् । उनी जिल्लाकै कान्छो पालिका प्रमुख भएका छन्।  उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालका सत्यनारायण यादवले १७ सय ६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी राजुदेवीले २४ सय ७२ मत प्राप्त गरेकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेवी साहले १५ सय ९५ मत प्राप्त गरिन् । गएराति अबेर सातवटै वडाको मतगणना सकिएको निर्वाचन अधिकृत सूर्यराज घिमिरेले जानकारी दिए । कुल १७ हजार ७५७ मतदाता रहेको छिन्नमस्ता गाउँपालिकामा १३ हजार ७४४ मत खसेको थियो ।

छिन्नमस्ताको वडा नम्बर १ मा वडाध्यक्षसहित माओवादी केन्द्रका ललनप्रसाद यादवको प्यानल, वडा नम्बर २ मा जनमत पार्टीका सिकेन्दर साह, वडा नम्बर ३ मा जसपाका विजय यादव, वडा नम्बर ४ मा एकीकृत समाजवादीका सूर्यनारायण यादव (गयानन्द), वडा नम्बर ५ मा एमालेका जयप्रकाश ठाकुर, वडा नम्बर ६ मा माओवादी केन्द्रका कपलेश्वर साह र वडा नम्बर ७ मा एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ४ : ३६ बजे

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना