महोत्तरीका सबै पालिकाको मतगणना सकियो « Khabarhub

महोत्तरीका सबै पालिकाको मतगणना सकियो


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको आज स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्यक्रम सम्पन्न भएको छ ।

सम्पन्न मतगणना परिणामअनुसार जिल्लाका पाँच स्थानीय तहमा जनता समाजवादी पार्टी नेपाल, पाँच स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी, दुई स्थानीय तहमा नेपाली कांग्रेस र एक/एक स्थानीय तहमा नेकपा (एमाले), तराई मधेस लोकतान्त्रिक पार्टी तथा एक स्थानीय तहमा स्वतन्त्रले विजय प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत खरेलले बताए। उनका अनुसार जिल्लाको जलेश्वर नपा, गौशाला नपा, पिपरा गापा, एकडारा गापा र सम्सी गापाको नेतृत्व जसपा नेपालले प्राप्त गरेको छ ।

त्यस्तै जिल्लाको भङ्गाहा नपा, औरही नपा, बलवा नपा, मटिहानी नपा र सोनमा गापामा लोसपा नेपालले नेतृत्व प्राप्त गरेको छ । जिल्लाको मनरासिस्वा नपा र लोहारपट्टी नपामा नेपाली कांग्रेसले नेतृत्व पाएको छ । सोही क्रममा जिल्लाको रामगोपालपुर नपामा एमाले, महोत्तरी गापामा तमलोपा र बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार (जेब्रा छाप) ले नेतृत्व प्राप्त गरेका छन् ।

महोत्तरीको १५ स्थानीय तहमध्ये १२ मा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष दुवै एउटै पार्टी (प्यानल) बाटै निर्वाचित भएका छन् भने तीन स्थानीय तहको परिणाम मिश्रित आएको छ । मिश्रित परिणाममा जिल्लाको भङ्गाहा नपामा प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस, बलवा नपा प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस र महोत्तरी गापा अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।

समग्रमा जसपा पाँच प्रमुख/अध्यक्ष र ६ उपप्रमुख/उपाध्यक्ष, लोसपा पाँच प्रमुख/अध्यक्ष र तीन उपप्रमुख/उपाध्यक्ष, एमाले एक प्रमुख/अध्यक्ष र एक उपप्रमुख/उपाध्यक्ष, स्वतन्त्र एक प्रमुख/अध्यक्ष र एक उपप्रमुख/उपाध्यक्ष र तमलोपाका उम्मेदवार एक अध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : ०७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका