अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी शपथ लगत्तै जापान जाँदै | Khabarhub Khabarhub

अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी शपथ लगत्तै जापान जाँदै


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी – एन्थोनी अल्बानिजले अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री एन्थोनी आजै क्वाड शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् ।

क्वाड राष्ट्रका सदस्यहरु – अमेरिका, भारत र जापानका नेताहरुलाई भेट्न उनी जापानको राजधानी टोकियो प्रस्थान गर्दैछन् । एन्थोनीले नयाँ विदेशमन्त्री पेनी वोङसहित चार प्रमुख मन्त्रिपरिषद् सदस्यहरुसँग सपथ लिएका छन्, जो उनीसँगै टोकियो जानेछन् ।

शनिबार सम्पन्न आम निर्वाचननमा एन्थोनीको लेबर पार्टी विजयी भएको थियो । एन्थोनीले एक्लै बहुमतको सरकार बनाउँछन वा गठनबन्धनको नेतृत्व गर्छन भन्ने बारेमा प्रष्ट पारिएको छैन् ।

झन्डै एक दशकपछि अस्ट्रेलियामा लेबर पार्टीले सरकार गठन गरेको हो । पार्टीले तल्लो सदनमा ७२ सिट जितेको छ । बहुमतको सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : १९ बजे

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला