काष्ठमण्डपको पुनःनिर्माणले मुर्त रुप लियो « Khabarhub

काष्ठमण्डपको पुनःनिर्माणले मुर्त रुप लियो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –०७२ सालको भुकम्पले ध्वस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुननिर्माणको मुख्य काम शुरु भएको छ ।  वि.स २०७२ वैशाख १२ को महाभुकम्पले पूर्णरुपमा ढलेको हनुमान ढोका दरवार क्षेत्रको काष्ठमण्डपका चारवटा मूल थाम ठड्याइए पछि मुख्य काम थालिएको हो ।

जेठ ३१ गतेबाट औपचारिक रुपमा पुनःनिर्माणको काम थालिएको करिव आठ महिनापछि मात्र पुन निर्माण समितिले काष्ठमण्डपको चारवटा थाम राखेपछि पुनःनिर्माणले मुर्त रुप लिएको हो ।

काष्ठमण्डप पुर्नःनिर्माणको क्रममा जगको काम सकिएसँगै आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य तथा वसन्तपुरबासीले थाम र निनाको विशेष पुजा–आइतबारा गरि ठड्याइएको छ । काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माणको काम भइरहेको छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत तथा मौलिक र ऐतिहासिक सम्पदा समेत भएकोले यसको पुनःनिर्माण पुरानै ढाचामा तीन तला हुने पुननिर्माण समितिले बताएको छ ।

भुकम्प गएको लामो समयसम्म काष्ठमण्डप कस्तो बनाउने भन्ने विवाद थियो तर अहिले काठमाडौं महानगरपालिका तथा जन स्तरबाटै गर्न लागिएको छ । पुनःनिर्माणको लागि समितिको महानगरपालिका सँग सम्झौता भएसँगै गत कार्तिक २२ गते काष्ठमण्डपको शिलन्याश गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १० : १० बजे

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका