बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल | Khabarhub Khabarhub

बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन् । 

शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा उनले गौतमबुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका हुन् ।  मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए ।

“बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु”, मन्त्री पौडेलले भने, “शान्तिका अग्रदूत गौतमबुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको बोधि ज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको छ ।” उनले नेपालीले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतमबुद्ध नेपालमा जन्मिएका उल्लेख गरे । 

“गौतमबुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएका छ”, मन्त्री पौडेलले भने, “उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ, उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।” उनले हजारौँ हजार वर्षसम्म गौतमबुद्धका उपदेश जीवित रहने बताए। 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : ३६ बजे

‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन सहकार्य आवश्यक’ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका

प्रचण्डले भने- अबको दिन माओवादीको हुनेछ

बैतडी– नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख

गणतन्त्रमा राजा वीरेन्द्रको सम्पत्तिबाट झण्डै २९ करोड आम्दानी

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्तिबाट सरकारलाई

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, कर्णालीको बेरुजु ४५ करोड ९४ लाख

सुर्खेत– महालेखापरीक्षकको कार्यालयको कर्णाली प्रदेशको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख