बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल « Khabarhub

बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन् । 

शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा उनले गौतमबुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका हुन् ।  मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए ।

“बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु”, मन्त्री पौडेलले भने, “शान्तिका अग्रदूत गौतमबुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको बोधि ज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको छ ।” उनले नेपालीले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतमबुद्ध नेपालमा जन्मिएका उल्लेख गरे । 

“गौतमबुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएका छ”, मन्त्री पौडेलले भने, “उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ, उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।” उनले हजारौँ हजार वर्षसम्म गौतमबुद्धका उपदेश जीवित रहने बताए। 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : ३६ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट