‘मेरो फिल्ममा लभ स्टोरी हुन्छ’ « Khabarhub

‘मेरो फिल्ममा लभ स्टोरी हुन्छ’


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक अनुभव सिन्हाले आफ्नो प्रत्येक फिल्ममा ‘लभ स्टोरी’ हुने बताएका छन् ।प्राय सोसल मुद्दामा फिल्म निर्देशन गरिरहेका अनुभवले एक अन्तरवार्ताको क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनलाई सोसल बाहेक अन्य जनराको फिल्म किन निर्देशन गर्नु हुन्न ? भन्ने प्रश्नमा उनले भने, ‘मैले निर्देशन गर्ने फिल्ममा प्रेम कथा हुन्छन । ती लभ स्टोरी हुन् । यद्यपि मैँले देखाउने प्रेम राष्ट्रसँगको हो । एउटा सिपाहीले राष्ट्रलाई कति माया गर्छ भन्ने मैले फिल्ममा देखाउँछु’ । उनी कथालाई सूक्ष्म तरिकाले देखाउन रुचाउने समेत बताउँछन् । उनले समाजमा वास्ता नहुने मुद्दालाई कथा बनाउने बताए । ‘हाम्रो मुद्दालाई हामीले नै हो देखाउने । त्यसैले मैँले सामाजिक कथालाई भन्न र देखाउन रुचाउँछु’ अनुभवले भने । उनले आउँदो फिल्महरूमा समेत यस्तै सोसल इस्युलाई देखाउने बताएका छन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म हो,’अनेक’ ।

उनले आयुष्मानलाई समेत सोसल ड्रामाको लागि फिट हिरो देख्छन् । उनी आयुष्मानलाई प्रेमी भन्दा पनि राष्ट्रलाई प्रेम गरिरहेको कथामा देखाउन चाहन्छन् । आयुष्मानले अभिनय गरेको पछिल्लो फिल्म हो ‘अनेक’ । यस अगाडि पनि उनले ‘आर्टिकल १५’ फिल्ममा काम गरेका थिए । त्यो पनि उनले अभिनय गरिरहेको फिल्ममा फरक थियो । आयुष्मानलाई यस्ता फरक फिल्महरू निर्देशक अनुभव सिन्हाले दिएका हुन् । राजनीतिक एक्सन थ्रिलर फिल्ममा आयुष्मानले अन्डरकभर प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

फिल्मलाई भारतको नर्थ इष्ट क्षेत्रमा छायांकन गरिएको छ । निर्देशक सिन्हाले यी फिल्महरू आयुष्मानलाई अफर गर्नुको कारण बारे बताए । ‘मैँले आयुष्मानलाई जस्तो देखेको छु । त्यही अनुसार फिल्ममा देखाउँछु । मलाई थाहा छैन, उनलाई सोसल ड्रामा मात्र किन अफर हुन्छ’ निर्देशक सिन्हाले भने । उनले आफूले खोजेको पात्रमा आयुष्मान् फिट भएको समेत बताए । ‘पछिल्लो फिल्म आर्टिकल १५ मा केही कमी थियो । यद्यपि यसपटक उनले बडी पनि बनाएका छन् । उनलाई मैँले देखाउने पात्रमा ढाल्न कुनै अप्ठ्यारो भएन’ उनले भने । आयुष्मानले पनि निर्देशक सिन्हासँग काम गर्दा आफूले केही सिकिरहेको बताए ।

मैँले उनीसँग काम गर्दा भारतलाई झनै नजिकबाट चिन्ने मौका पाउँछु । र, मलाई फरक तरिकाले प्रस्तुत गर्ने निर्देशक पनि उनी नै हो’ आयुष्मानले भने । फिल्म मे २२ मा रिलिज हुँदैछ । आयुष्मानले क्षेत्र र भाषाको आधारमा भारत विभाजित भइरहेकाले सबैमा भारतीयको भावना जगाउनुपर्ने विषय उठाइरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : ०२ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन