सोल्मामा ‘मेरो एक दिन गाउँलाई’ « Khabarhub

सोल्मामा ‘मेरो एक दिन गाउँलाई’


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवविक्रम राईले ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम अघि सारेका छन् । सोमबार पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष राईले हरेक महिना एक दिन गाउँका लागि योगदान दिनेगरी ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सारेका हुन् । 

हरेक टोलमा टोल विकास समिति गठन गर्ने र सो समितिमार्फत महिनामा एक दिन वडाको विकास निर्माण, मर्मत सम्भार, सरसफाइ, वृक्षारोपण लगायतका सामाजिक काममा श्रमदान गर्ने र गराउने परिकल्पना गरिएको वडाध्यक्ष राईले बताए । ‘महिनाको एक दिन गाउँको विकासका लागि योगदान दिनेगरी यो योजना ल्याइएको हो,’ नवनिर्वाचित वडाध्यक्ष राईले भने, ‘बाटोघाटो, पुलपुलेसो निर्माण वा मर्मत, सरसफाइ, वृक्षारोपण वा गाउँमा जे आवश्यकता पर्छ त्यही कामका लागि एक दिन श्रमदान जुटाउने छौँ ।’ 

नवनिर्वाचित वडाध्यक्ष राईले ‘हामीले देखेको वडा र सोल्माको समृद्धि’ कार्यक्रम गर्ने, वडाको नाममा रहेको सवारी साधनलाई मानव तथा पशु स्वास्थ्य उपचारको लागि प्रयोग गर्ने, वडाको शैक्षिक क्षेत्रलाई व्यवहारिक शिक्षाको रूपमा रूपान्तरण गर्दै सोल्मालाई शैक्षिक हबको रूपमा विकास गर्ने, सोल्मा बसपार्कलाई तत्काल सञ्चालनमा ल्याउनुका साथै डिपिआर अनुसार कार्यक्रम अघि बढाउने योजना अघि सारेका छन् । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ४१ बजे

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा