भरतपुरको उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी विजयी « Khabarhub

भरतपुरको उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी विजयी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको उपमेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएर विजयी भएका हुन् । मतगणना नसकिँदै उनको जित सुनिश्चित भएको हो। भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिएको छ ।

भरतपुरमा अब १३ हजार ६८९ मत गन्न बाँकी हुँदा छ । हालसम्म अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै उनी विजयी भएका हुन् । 

हालसम्मको मतगणनामा अधिकारीले आफ्ना प्रतिद्वन्दीसँग १९ हजार ५१४ को मतान्तर बनाएका छन् । यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ४५ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।