इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कहाँको कति ? | Khabarhub Khabarhub

इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कहाँको कति ?


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।

सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ ।

सबै भन्दा कम काठमाडौँ-सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौँदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाडौँ-नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि हवाई भाडा बढाइएको संघले जनाएको छ । बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै नेपाल आयाल निगमले पेट्रोलरमट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने एलपी ग्यासको भने एकैपटक २०० रुपैयाँ मूल्य वृद्धि गर्दै निगमले प्रतिसिलिन्डर १८०० रुपैयाँ पु¥याएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : ०५ बजे

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार