कमेडी ‘हब’ ल्याउदै माग्ने बुढा  « Khabarhub

कमेडी ‘हब’ ल्याउदै माग्ने बुढा 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माग्ने बुढाको उपनामले परिचित केदारप्रसाद घिमिरेले ‘कमेडी हब’ नामक शो ल्याउने भएका छन् ।

No description available.

उनको निर्देशन रहने स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविता समेटिने जनाइएको छ ।

No description available.

शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेको प्रस्तुति दर्शकले हेर्न पाउनेछन् । 

No description available.

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारहरु दीपकराज गिरी, मनोज गजुरेल, दीपाश्री निरौला, जीतु नेपाल लगायतले शोको सफलताको कामना दिए ।No description available.No description available.No description available.No description available.No description available.

No description available.No description available.

No description available.No description available.No description available.

No description available.

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : २४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका