४२२ किलो लागूऔषध गाँजा, मिनि ट्रक र ३३ बोतल वनरेक्ससहित १ जना नियन्त्रणमा | Khabarhub Khabarhub

४२२ किलो लागूऔषध गाँजा, मिनि ट्रक र ३३ बोतल वनरेक्ससहित १ जना नियन्त्रणमा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- मकवानपुर प्रहरीले ४ सय २२ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा थाहा नगरपालिका वडा नम्बर ३, बायोखोला स्थित डाँडाबास–पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रोकी राखेको ट्रकलाई चेक जाँच गर्दा गाँजा फेला पारिएको मकवानपुर प्रहरीले जनाएको छ ।

ना६ख ३२४३ नम्बरको मिनी ट्रकको पछाडितर्फ सामान लोड गर्ने भागमा १४ वटा बोराभित्र टेपले बेरी प्लास्टिकको डोरीले बाँधिएको २८ प्याकेटमा ४ सय २२ किलो गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी मकवानपुर प्रहरीले ३३ बोतल लागूऔषध वनरेक्स सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १ स्वर्गलोकपथबाट कोठामा लुकाएर राखेको ३३ बोतल वनरेक्स सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हेटौंडा १ स्वर्गलोक स्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लो रहेका छन् । वनरेक्स सहित लोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : २२ बजे

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ

कोरियाबाट फर्केर व्यावसायिक खुर्सानी खेतीमा

भोजपुर– कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं–  समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित