जोसँग हारे उसैलाई हराउँदै मेयर बने मनोज साह  « Khabarhub

जोसँग हारे उसैलाई हराउँदै मेयर बने मनोज साह 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् ।

कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिएका साह १३ हजार ४६५ मत ल्याई विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार शिवशंकर साह भन्दा ३,९३३ बढी मत ल्याएर विजयी भए । पराजित शिवशंकर साहले ९,५३२ मत ल्याएका छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेकाले कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजकुमारले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस्तै गठबन्धनबाट जनकपुरधामको प्रमुख पदमा उम्मेदवार तथा पुर्व मेयर जसपाका लालकिशोर साह चौथो स्थानमा रहँदै पराजित भए । गठबन्धनका तर्फबाट जसपाका साहले ५ हजार १ सय ९४ मत ल्याए ।

उनीभन्दा अगाडि रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए । २०७४को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट निवर्तमान मेयर लालकिशोर साह तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार बनेका हालका निर्वाचित मनोज साहलाई नै झन्डै ११ हजार मतान्तरले पराजित गरी नगरप्रमुखमा निर्वाचित भएका थिए ।

यस्तै जनकपुरधामको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार ५२५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुणादेवी झाले १० हजार ८८५ मत पाइन् । जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये अधिकांशमा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : ४३ बजे

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा