भरतपुरको मेयरमा रेनु दाहालको जित सुनिश्चित « Khabarhub

भरतपुरको मेयरमा रेनु दाहालको जित सुनिश्चित


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ ।

जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको जित सुनिश्चित भएको हो । निर्वाचन कार्यालयका अनुसार हालसम्म मेयरमा रेनु दाहालको ४७ हजार ४० मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ५८३ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार २६३ मत छ ।

दाहाल र दोस्रो स्थानमा रहेका सुवेदीबीचको मतान्तर ११ हजार ४५७ छ । जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो । त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले जित सुनिश्चित गरेका छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर कायम भएको छ ।

भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुरमा अब दुई वडाको मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : ४६ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा