दीपक पासवानको हत्या आरोपित दुई जना पक्राउ « Khabarhub

दीपक पासवानको हत्या आरोपित दुई जना पक्राउ


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको जितपुरसिमरा २० निवासी दीपक पासवानको हत्या आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय राजबंशी पासवानका २५ वर्षिय छोरा दीपक पासवानको हत्या गरी पुरेको अवस्थामा जेठ ६ गते शब फेला परेको थियो । सोही हत्या आरोपमा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा टोल बस्ने शेख मीर हसनका छोरा वर्ष २० का शेख नवि आलम र सोही  ठाउँ बस्ने शेख जैनुलका छोरा वर्ष २१ का शेख सलिम पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनिहरुले मृतक दीपक पासवानको घाटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा) ले  घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । पासवानको शब पनि उपमहानगरपालिकाको वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा प्रहरीले फेला परेको थियो ।

उनिहरु पासवानको हत्यापछि फरार रहेका थिए । आइतबार पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान थालेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १० : ०७ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने