इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा बढ्यो | Khabarhub Khabarhub

इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा बढ्यो


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा रु ४४५ बढेको छ ।

वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा रु तीन हजार ७२५ कायम भएको छ भने काठमाडौँ–धनगढी रु १५ हजार ६६५ कायम भएको छ । काठमाडौँ–भद्रपुर ११ हजार ९३५, काठमाडौँ–विराटनगर नौ हजार ३२५, काठमाडौँ–जनकपुर पाँच हजार २५०, काठमाडौँ–भरतपुर चार हजार ४३५ र काठमाडौँ–पोखरा छ हजार ३०५ कायम भएको छ ।

काठमाडौँ–भैरहवा सात हजार ८८०, काठमाडौँ–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ–तुम्लिङटार सात हजार ४६० कायम भएको छ ।

माउन्टेन फ्लाइटको भाडादर रु १३ हजार ७६५ कायम भएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु १६६ छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १० : ५९ बजे

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस

झोलुङ्गे पुन बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने

लुम्बिनी र गण्डकीको सीमानामा प्रहरी चौकी स्थापना

पाल्पा– लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी

किसानलाई चैते धान भित्र्याउने चटारो

तनहुँ- तनहुँका किसान चैते धान भित्र्याउने चटारोमा रहेका छन् ।