काठमाडौँ महानगरपालिका ९ र १० को वडाध्यक्षमा काँग्रेस विजयी | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिका ९ र १० को वडाध्यक्षमा काँग्रेस विजयी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका छन् ।

अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्थी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन्। त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन् । महिला सदस्यमा कांग्रेसको तर्फबाट सिर्जना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय भएकी छिन् ।

वडा १० मा कांग्रेसका केसी निर्वाचित

त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय भएका छन् । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पारेका हुन् ।

अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कार्कीले २९५३ मत प्राप्त गरेका छन् । सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित भएका छन् । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय भएकी छिन् । दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित भइन् ।

यसैबीच कामपाको प्रमुखको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४६ हजार ५३४ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली कांग्रसका उम्मेदवार सिर्जना हिंहले २७ हजार ८५८ मत ल्याएकी छिन् ।

त्यसैगरी एमालेका केशव स्थापितले २६ हजार ७७३ मत ल्याएका छन् । उपप्रमुखमा एमालेको उम्मेदवार सुनिता डङ्गालले ४८ हजार ५१७ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार ६६० मत पाउनुभएको छ ।

बाइस वटा वडाको मतपरिणाम सार्वजनिक

महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १८, २०, २१ र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११, १२, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

त्यसैगरी हालसम्मा एक लाख ३४ हजार ३५६ मतगणना सम्पन्न भएको छ भने जसमा चार हजार ९६४ मत बदर भएको आयोगले जानकारी दिएको छ । कामपामा तीन लाख २२४ मतदाता रहेकामा करिब एक लाख ९२ हजार मत खसेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : १७ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र