‘सहकार्यको संस्कार अपनाउनुपर्छ’ « Khabarhub

‘सहकार्यको संस्कार अपनाउनुपर्छ’


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सबै जनताको साथ सहयोग लिएर विकासका गतिविधि अगाडि बढाउने बताएकी छिन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत राजविराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण समारोहमा आज मन्त्री यादवले निर्वाचनको परिणामलाई स्वभाविक मान्नुपर्ने र आपसी भाइचारा कायम रहनुपर्ने बताइन्

शिक्षा र स्वास्थ्यको विकासमा जोड दिँदै अस्पताल र क्लिनिकमा चिकित्सकको समय किटान गर्नुपर्ने र नगरभित्रको बिमारीलाई एम्बुलेन्सले प्राथमिकता दिनुपर्ने बताइन् ।

राजविराज नगरपालिकाको प्राङ्गणमा आयोजित एक समारोहबीच राजविराजका नवनिर्वाचित नगरप्रमुख भिमराज यादवले मुख्य निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।

शपथपछि उनले आफ्नो पालिकाका उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराए । नवनिर्वाचित नगरप्रमुख यादवले जनताको सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ५२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी