भरतपुर महानगर मेयरमा रेनु दाहाल विजयी : औपचारिक घोषणा गर्न बाँकी « Khabarhub

भरतपुर महानगर मेयरमा रेनु दाहाल विजयी : औपचारिक घोषणा गर्न बाँकी


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।

पछिल्लो मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन्। दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाएका छन्।

अन्तिम परीणाम आउन बाँकी रहँदै उनी निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि नतिजा औपचारिक रुपमा घोषणा गर्नेछ।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गरेका छन्। अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन्।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : ५१ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार