काठमाडौंमा बालेन ५० हजार मत नजिक : सिर्जना १९ हजार मतले पछाडि | Khabarhub Khabarhub

काठमाडौंमा बालेन ५० हजार मत नजिक : सिर्जना १९ हजार मतले पछाडि


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार शाहले ४९ हजार ३५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत प्राप्त गरेकी छिन्। पहिलो स्थानमा रहेका बालेन भन्दा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना १९ हजार २८९ मतले पछाडि छन् ।

नेकपा (एमाले)का केशव स्थापितले भने २९ हजार २८४ मत ल्याएका छन्। स्वतन्त्र सुमन सायमीले आठ हजार ५३३ मत ल्याएका छन्। काठमाडौंको एक लाख ४५ हजार ३६२ मत गणना भइसकेको छ।

त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन्। पछिल्लो मत परिणामअनुसार उनले ४४ हजार ७०५ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, उपमेयर पद तर्फ नै नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७०२३ मत प्राप्त गरेकी छिन्।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : ३० बजे

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ

हुम्लाको लाप्चामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या

सिमकोट–  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा

नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप सङ्कलन गर्ने

दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

बाजुरा– शनिबार बस दुर्घटनामा परी घाइते भएका बस सहचालकको मृत्यु भएको

त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध

गाईघाट– निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध