मुचुल्काकाे भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित « Khabarhub

मुचुल्काकाे भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकाे भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर विरोध प्रदर्शन गरेका छन् ।

फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्याङ्कभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।

निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ ।

नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका छन्। नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाँउमा पुन : मतदान गर्नुपर्ने माग राखेका छन् ।

पुन: मतदानको माग गर्दै एमाले र माओवादीका मतगणना स्थलमा रहेका प्रतिनिधिहरू निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ११ : १९ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन