तुलसीपुर उपमहानगरमा एमालेको अग्रता « Khabarhub

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि रहेका छन्। उनले हालसम्म २४ हजार ८९१ मत ल्याउनुभएको छ भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच सात हजार २३९ को मतान्तर रहेको छ । 

तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले  वडा नं १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएका  घोषणा गर्न  बाँकी छ । यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १२ : १५ बजे

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाई प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका