स्पेनमा महिलालाई हरेक महिना तीन दिन महिनावारी विदा दिने तयारी « Khabarhub

स्पेनमा महिलालाई हरेक महिना तीन दिन महिनावारी विदा दिने तयारी


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ । संसद्‍मा प्रस्ताव गरिएको वृहत् प्रजननसम्बन्धी  विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन सक्ने उल्लेख छ । 

 सञ्चार माध्यममा चुहावट भएको सो मस्यौदाबारे संसद्‍मा छलफल भइरहेको छ । विद्येयक पारित भएमा यस्तो प्रावधान कायम गर्ने स्पेन युरोपमै पहिलो देश हुनेछ ।

विश्वका केही  थोरै देशहरूमा मात्र यस्तो कानुन छ । वृहत प्रजनन स्वास्थ्य सुधार र गर्भपतनसम्बन्धी विस्तार गर्दै पछिल्लो कानुन ल्याउन लागिएको हो । 

पीडादायी महिनावारी अवधिको लागि तीन दिनको बिरामी बिदा डाक्टरको सिफारिसमा अनुमति दिइनेछ । तीव्र वा असक्षम पीडाको लागि पाँच दिनसम्म  विस्तार गर्न सकिनेछ । 

तर, हल्का पीडा भोग्नेहरूलाई यो नियम लागू  हुने अपेक्षा गरिएको छैन । साे मस्यौदा महिनावारीलाई स्वास्थ्य अवस्थाको रूपमा व्यवहार गर्ने फराकिलो दृष्टिकोणको एउटा हिस्सा बताइएको स्पेनी अखबार एल पाइसले जनाएको छ ।

‘पीडा सहेर काममा जानुपर्ने दिनहरू सकिए ।’ स्पेनकी समानता मन्त्री इरेन मोन्टेरोलाई उद्धृत गर्दै युरोन्युजले जनाएको छ ।

प्रस्तावित मस्यौदामा बच्चा जन्माउनुअघि विस्तारित तलबी मातृत्व बिदा र गर्भपतन कानूनमा परिवर्तनहरू पनि समावेश छन् । 

त्यस्तै, १६ देखि १७ वर्षका  किशोरीले अभिभावकको अनुमतिबिना गर्भपतन गर्न पाउने प्रस्ताव गरिएको छ । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : ५६ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने