नाइजेरियामा हतियारधारी लडाकुको आक्रमणपछि दाउरा खोज्न गएका ३० जना बेपत्ता « Khabarhub

नाइजेरियामा हतियारधारी लडाकुको आक्रमणपछि दाउरा खोज्न गएका ३० जना बेपत्ता


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक नाइजेरियाको सुदूर उत्तर पूर्वी बोर्नो राज्यमा हतियारधारी लडाकुले आक्रमण गर्दा ३० जना बेपत्ता भएका छन् । बोर्नो राज्यको रन शहरमा मोटरसाइकल चढेर आएका बन्दुकधारीले आक्रमण गरेको बीबीसीले जनाएको छ ।

पीडितहरू दाउरा खोज्न झाडीतिर गएका बेला बन्दुकधारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । दाउरा खोज्न गएका केही मानिसहरू भने बन्दुकधारीको आक्रमणबाट बाँच्न सफल भएको बीबीसीले जनाएको छ ।

बाँच्न सफल केहीलाई गोली लागेको जनाइएको छ । घटनामा दर्जनौं मानिसहरूको अपहरण वा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

आक्रमणमा कुन समूहको हात छ भन्ने स्पष्ट नभएपनि सो क्षेत्रमा आतंककारी संगठन बोको हराम र अन्य हिंसात्मक समूहहरू सक्रिय रहेको बीबीसीले जनाएको छ ।

घटनाबारे नाइजेरियाको सुरक्षा फौजले कुनै टिप्पणी गरिसकेको छैन ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  २ : ३० बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले