युएईको अबु धाबीमा विस्फोट हुँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

युएईको अबु धाबीमा विस्फोट हुँदा दुई जनाको मृत्यु


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त अरब इमिरेट्स युएईको राजधानी अबु धाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य १२० जना घाइते भएका छन् । प्रारम्भिक समाचारकाअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । यद्यपि दुई जनाको मृत्यु भएको प्रहरीले सामाजिक सञ्जाल ट्विरटमार्फत जानकारी दिएको छ ।

विस्फोटपछिको आगलागी नियन्त्रणमा आउनुअघि छवटा भवन र धेरै पसलहरूमा आगलागी भएको समाचारमा बताइएको छ । क्षतिग्रस्त भवनहरू मध्ये चारलाई सुरक्षित रूपमा खाली गरिएको थियो ।

भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ ।

पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै त्यहाँ ठूलो विस्फोट भएको र यसको आवाज पनि ठूलो आएको बताइएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ४ : २१ बजे

मोटरसाइकलमा भन्सार छलेको कपडासहित एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको

आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन

काठमाडौं – सहमतिपछि पनि काम गर्ने वातावरण नबनेको भन्दै आन्दोलनरत

वामपन्थी नेता प्रदीप नेपालको निधन 

काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।  लामो

यूएसएड र एमसीसी परियोजना बन्द हुँदा महिलाहरू प्रभावित : मिनेन्द्र रिजाल

काठमाडौं– पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले यूएसएड र एमसीसीलगायतका परियोजना

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान

एजेनसी– इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ