मैदानमा पुगेर एक लाख ३० हजारले हेरे एनपीएल « Khabarhub

मैदानमा पुगेर एक लाख ३० हजारले हेरे एनपीएल


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएका ३२ वटा खेल हेर्न एक लाख ३० हजारभन्दा बढी दर्शक पुगेका आकलन गरिएको छ ।

उद्‌घाटनदेखि फाइनल खेल हेर्न काठमाडौं उपत्यका र बाहिरी जिल्लाबाट उक्त संख्यामा दर्शक कीर्तिपुर मैदान पुगेको अनुमान क्रिकेट एसोसिएन अफ नेपाल (क्यान) ले गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले खबरहबसँग भने, ‘अन्तिम डाटा संकलन भइसकेको छैन, तर करिब एक लाख ३०–३५ हजार दर्शकले कीर्तिपुर नै पुगेर खेल हेर्नुभएको हाम्रो प्रारम्भिक निष्कर्ष छ ।’

लामाका अनुसार, त्रिवि मैदानमा क्रिकेट हेर्न मोफसलबाट ६० हजारभन्दा बढी दर्शक आइपुगेका थिए । उनले भने, ‘जनकपुर, सुदूरपश्चिम भनौं वा आठै फ्रेन्चाइजका सम्बन्धित भूगोलका दर्शक आएर कीर्तिपुरमै खेल हेर्नुभएको छ । आफूले समर्थन गरेको टिमको खेल हेर्न बाहिरबाट दर्शक आउनु भएको हो ।’

क्यानको अपेक्षाअनुसार नै घरेलु लिगका खेल हेर्न दर्शक आएका लामाले बताए । उनले थपे, ‘अपेक्षाभन्दा राम्रो उपस्थिति पायौं । दर्शकको उपस्थितिले एनपीएलमा सहभागी विदेशी खेलाडी मोहित भएको हामीले पाएका छौं ।’

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ०६ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा