प्रधानमन्त्री देउवाद्वारा नीति तथा कार्यक्रम टेबुल « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा नीति तथा कार्यक्रम टेबुल


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधनको प्रति टेबुल गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सम्बोधनको सो प्रति टेबुल गरेका हुन्।

यसैगरी बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेका, “सम्माननीय राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०७९ साल जेठ १० गते मङ्गलबारका दिन गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ”, भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । सो पत्रअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने कार्यक्रम सहभागी हुन यही जेठ ७ गते प्रस्थान गरेकाले  उनको अनुपस्थितिमा अर्थमन्त्री जनार्दन शर्माले सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी प्रधानमन्त्रीले तोकेका छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि सभामुखले यही जेठ १२ र १३ गतेका लागि दिन तोकेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : २२ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल