तत्काल सार्वजनिक यातायातको भाडा नबढ्ने, रात्रि बस पनि नचल्ने « Khabarhub

तत्काल सार्वजनिक यातायातको भाडा नबढ्ने, रात्रि बस पनि नचल्ने


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभागले तत्काल सार्वजनिक सवारी साधानको भाडा वृद्धि नहुने बताएको छ । सार्वजनिक यातायातको भाडा बढाएको पाँच घन्टा नबित्दै निर्णय फिर्ता लिइएको हो ।

निर्णय फिर्तासँगै विभागले असार १ गतेदेखि लागू गर्ने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाहक सवारीमा रोक, काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा र सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनमा तोकिएको नयाँ भाडादर तत्काल लागू नहुने भएको हो।

विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । भाडा वृद्धिको निर्णयसँगै देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले थप छलफल गर्नु पर्ने भएकाले हाललाई स्थगन गरिएको जानकारी दिए ।

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै निर्णय फिर्ता लिन दबाब आएपछि स्थगन गरिएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : ३७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना