‘कीर्तिपुरलाई साइकलमैत्री सभ्य सहर बनाऔँ’ « Khabarhub

‘कीर्तिपुरलाई साइकलमैत्री सभ्य सहर बनाऔँ’



कीर्तिपुर साइकल घोषणापत्र २०७९ तयार भएको छ । त्यसलाई कार्यान्वयन गर्नको लागि जो राजनीतिक दलका उम्मेद्वारहरु जितेर आए पनि यसलाई पुरा गर्नको लागि तीव्र इच्छा शक्तिका साथ लाग्नु पर्दछ ।

कीर्तिपुर एउटा त्रिभुवन विश्वविद्यालय रहेको ठाउँ हो । जहाँ आम विद्यार्थीहरुले कीर्तिपुरको इतिहास पढ्दै आएका छन् । कीर्तिपुर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित रहेको ठाउँ हो । तर त्यसको सही रुपले संरक्षण भएको छ कि छैन ?

हामी कीर्तिपुरलाई एउटा साँच्चै राज्यको उच्च विश्वविद्यालय त्यहाँ छ भनेर त्यो गौर बको विषय बनाउँछौँ । स्वच्छ, स्वस्थ्य र समृद्ध कीर्तिपुर बनाउन साइकल यात्री र पैदल यात्रीहरूको सुरक्षाको लागि सडक व्यवस्थित हुनुपर्छ । अहिले हेर्ने हो भने सडक जति नै चौडा बनाए पनि मानिसलाई हिँड्न समस्या छ । दायाँ बायाँ पार्किङ छ । छेउ–छेउमा फूटपाटको व्यापार छ ।

यी कुरालाई व्यवस्थापन गर्नको लागि हामीले पार्किङ व्यवस्थापन गर्ने र मुल सडकमा पार्किङसहितको घरहरु विज्ञहरूको सल्लाह र सुझाव लिएर बनाउनुपर्छ । म बाग्मती प्रदेशको स्काउट प्रमुख भएको कारणले ट्राफिकसँग सहकार्य गरेर काम गर्दा सडक सम्बन्धी मानिसमा जुन सचेतना गरायौँ त्यो व्यवहारमा प्रयोग गर्यौ कि गरेनौँ ?

त्यसकारण अब अनुशासित हुनुपर्‍यो । यसमा हामीले सबैको सल्लाह र सह–अस्तित्व लिएर अगाडि बढ्नुपर्छ । कीर्तिपुरको सवालमा जुन पुराना बस्तीहरू छन् । तिनलाई व्यवस्थित गर्नको लागि ती सडकहरूलाई चाप कम गर्नको लागि विज्ञहरूको सल्लाह अनुसार वैकल्पिक सडकको विकास गर्नु पर्ने देखिन्छ ।

नयाँ बस्ती विकास भएको ठाउँमा सडकको विकास गर्दा खेरी पैदल यात्री साइकल यात्रीदेखि लिएर अपाङ्गतामैत्री फुटपाथको पनि विकासमा विशेष ध्यान दिनुपर्छ । हामीले कीर्तिपुरमा नयाँ बस्ती निर्माण गर्ने क्रममा सडकको भौतिक पूर्वाधारहरू पूर्ण रूपमा लागू हुने गरी साइकल लेन पनि व्यवस्थापन गर्नुपर्छ । अहिले साइकल लेन छ । तर त्यहाँ पार्किङ छ । त्यसको निगरानी स्थानीय सरकार र नगर प्रहरीले गर्नुपर्छ । पार्किङको विकल्प खोज्नु पर्दछ ।

सडकमा ट्राफिक लाइट छन् । त्यसको सही तरिकाले सबैले लागू गर्ने गरी एउटा अनुशासित बनाउने काममा हामी राजनीतिक दलहरू लाग्नु पर्छ । त्यसो गर्दा दोषीलाई कारबाही गर्नुपर्छ । सीसीटीभीको पनि राम्रोसँग निर्माण गर्नुपर्छ ।

कीर्तिपुरलाई स्वच्छ र स्वस्थ्य बनाउनको लागि वातावरणमैत्री बनाउन हामीले सार्वजनिक साधनहरुलाई बढीभन्दा बढी प्राथमिकता दिनुपर्छ । जनताले सार्वजनिक यातायातमा चढ्दा सही समयमा सही ठाउँमा पुग्छु भन्ने भयो भने चल्छ । त्यसको लागि कीर्तिपुर नगरपालिकासँगै सडक ट्राफिकसँग र नजिकको नगरपालिकासँग पनि सहकार्य गर्नुपर्छ ।

म सामाजिक अभियानमा लाग्दै गरेको पात्र भएकाले सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्छु । कीर्तिपुरलाई स्वस्थ्य, वातावरणमैत्री बनाउनको लागि साइकल यात्रीहरुको साथ र सल्लाह लिएर कीर्तिपुरलाई सभ्य र समृद्ध बनाउन हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : १० बजे

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ