कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौँ : महामन्त्री थापा  « Khabarhub

कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौँ : महामन्त्री थापा 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।

बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन्।

उनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दाबी गरे। यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको उनले बताए। यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिलेको परिणाम आएको थापाको भनाइ छ ।

महामन्त्री थापाले अब मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने तर्क गरे। त्यस्तै उनले अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिने बताए।

थापाले  स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ३ : ३८ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग