स्थानीय तह निर्वाचनमा लमजुङमा एमाले पहिलो पार्टी बन्यो « Khabarhub

स्थानीय तह निर्वाचनमा लमजुङमा एमाले पहिलो पार्टी बन्यो


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूको मत परिणाम अनुसार नेकपा एमालेको मत भार धेरै देखिएको हो ।  जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सात सय २१ मत आएको छ भने गठबन्धन दलहरूका प्रमुख उम्मेदारहरुको मत ४१ हजार ६३ रहेको छ ।

स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखहरुले प्राप्त गरेको मत अनुसार निर्वाचन क्षेत्र ख मा नेकपा एमालेको मत धेरै छ भने निर्वाचन क्षेत्र प्रदेश क मा गठबन्धनको मत भार बढी देखिएको छ । प्रदेश क मा गठबन्धन दल चार सय २१ मतले अगाडी देखिएको हो भने प्रदेश ख मा दुई हजार ७९ मत ले नेकपा एमाले अगाडी देखिएको छ ।

निर्वाचन मत परिणाम अनुसार प्रदेश सभा क मा गठबन्धन दलका उम्मेदारहरुको प्राप्त मत २० हजार एक सय २७ रहेको छ । सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेको पक्षमा १९ हजार सात सय ६ मत परेको छ । त्यसै गरी प्रदेश सभा ख मा गठबन्धन दलका उम्मेदारहरुको पक्षमा २० हजार नौ सय ३६ मत परेको छ भने नेकपा एमालेको पक्षमा २३ हजार १५ मत परेको छ ।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश निर्वाचन क्षेत्र क अन्तर्गत राईनास नगरपालिका, दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र बेसी हर नगरपालिकाको वडा नम्बर १० र ११ रहेका छन् । त्यसै गरी प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बेसीशहरका एक देखि ९ सम्मका वडा, सुन्दर बजार नगरपालिका, मध्यनेपाल नगरपालिका र क्होलासोँथार गाउँपालिका रहेका छन् ।

निर्वाचन परिणाम अनुसार जिल्लाका आठवटै स्थानीय तह प्रमुखहरुको मत परिणाम अनुसार नेकपा एमालेको पक्षमा एकहजार ६ सय ५८ बढी मत आएको हो ।

यद्यपि यही मत परिणामलाई आधार बनाएर राजनीतिक दलहरू आगामी चुनावको रणनीति बनाउने तयारीमा छन् । स्थानीय तह निर्वाचनमा केही प्रतिशत मतदाताहरू राजनीतिक दल भन्दा पनि व्यक्ती विशेष प्रभावित हुने पाइएकोले आगामी निर्वाचनको परिणाम आङ्कलन गर्न सकिँदैन ।

जिल्लामा नेकपा एमालेको मत यकिन गर्न सकिए पनि काँग्रेस र माओवादी बिच गठबन्धन हुँदा दुई पार्टीहरूको मत कति भन्ने यकिन गर्न सकिएको छैन । यद्यपि यो मत परिणामले आगामी मसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूको आधार बनेको छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा नेकपा एमालेले एक नगरपालिका सहित तीन वटा गाउँपालिका अध्यक्ष जितेको छ । एक गाउँपालिका सहित तीन वटा नगरपालिकामा भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले जित हासिल गरेको छ । नेकपा एमालेले बेसी हर नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्होलासोँथारमा जित हासिल गरेको हो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले दुधपोखरी गाउँपालिका सहित सुन्दर बजार, मध्यनेपाल र राईनास नगरपालिकामा जित हासिल गरेको हो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ७ : ०६ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट