दुल्लु नगरपालिकाले ५० जना युवालाई ड्राइभिङ तालिम दिने « Khabarhub

दुल्लु नगरपालिकाले ५० जना युवालाई ड्राइभिङ तालिम दिने


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ ।

नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो । युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए ।

‘दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका बेला युवाहरूलाई रोजगारी दिने प्रमुख एजेन्डा थियो,’ उनले भने, ‘ सोही अनुसार पालिका भित्र रहेका बेरोजगार युवाहरूलाई सवारी चालक तालिमको सुरुवात गरिएको हो ।’

नगरपालिकामा रहेका १३ वडाका युवाबाट छनोट गरेर पहिलो चरणमा ५० जनालाई यो तालिम दिने र पछि पनि अन्य विभिन्न कार्यक्रमबाट नगरका युवालाई स्वरोजगार सम्बन्धी सिप सिकाउने लक्ष्य रहेको नगरप्रमुख रिजालले बताए । एक महिनासम्म युवालाई सवारी चालक तालिम दिएर सवारी चालक अनुमति पत्र सङ्गै प्रमाणपत्र प्नदान गरिनेछ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : ०६ बजे

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा