आजको मौसम : यी प्रदेशमा छ वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : यी प्रदेशमा छ वर्षाको सम्भावना


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ६ : ३७ बजे

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

गण्डकी– नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन

पाकिस्तानमा अध्ययनरत विद्यार्थीसँग सम्पर्कमा छौँ : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको

सेती नदी जलविद्युत् आयोजनाबाट राम्रो उत्पादन

काठमाडौं– कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकास्थित सेती नदीमा