समुद्री आँधीले बाटो फेर्‍यो : भारतमा ३ लाख मानिस सुरक्षित स्थान सारियो « Khabarhub

समुद्री आँधीले बाटो फेर्‍यो : भारतमा ३ लाख मानिस सुरक्षित स्थान सारियो


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतको गुजरात राज्यमा बढी प्रभाव पार्ने गरी आउने अनुमान गरिएको समुन्द्री आँधीले बाटो फेरेको छ । यो आँधीको जोखिमबाट जोगाउन गुजरातलगायतका क्षेत्रबाट ३ लाख बढी नागरिकलाई सुरक्षित स्थान सारिएको छ । तर, अहिले आएर समुन्द्री आँधीले बाटो फेरेका कारण जोखिमको धेरै सम्भावना नरहेको मौसमविद् बताउँछन् ।

यो आँधी अहिले बाटो फेरेर अरब सागरतिरै फर्किएको छ। नराम्रो प्रभाव पार्ने अनुमानसहित आँधीको मार्ग आँकलन गरिएका क्षेत्रबाट तीन लाख बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

आँधीको बाटो परिवर्तन भएपनि स्थानीय ठाउँमा अहिले पनि ठूलो हावाहुरी चलिरहेको छ । त्यसैले पहिले अनुमान गरिएको आँधीको मार्गमा पनि सुरक्षा सतर्कता अपनाइएको छ । तटीय क्षेत्रमा आएपछि आँधीको वेग प्रतिघण्टा १७० किलोमिटर जति हुने अनुमान गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका थिए। रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको थियो भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको थियो। विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ३६ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६