इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा | Khabarhub Khabarhub

इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । 

बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो । इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल टी-२० को रणनीतिक र व्यापारिक साझेदार सेभेन थ्री स्पोर्टससँगको सम्झौता माथि पनि प्रश्न उठाएको थियो । विज्ञप्तिमा सेभेन थ्री स्पोर्टसको कार्य अपारदर्शी रहेको उल्लेख गरिएको छ ।

‘सम्माननीय सर्वोच्च अदालतमा क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशका लागि रिट दर्ता गरिएको छ । अदालतले यस विषयमा उपयुक्त निर्णय जारी गर्नेमा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यसअघि क्यानको बोर्ड बैठकले सञ्चालनमा आएको फ्रेन्चाइज लिग प्रादेशिक संरचनामा गए मान्यता दिने बताउँदै यस्ता लिगलाई राष्ट्रिय मान्यता नदिने बताएको थियो । 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : ०३ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल