इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा « Khabarhub

इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । 

बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो । इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल टी-२० को रणनीतिक र व्यापारिक साझेदार सेभेन थ्री स्पोर्टससँगको सम्झौता माथि पनि प्रश्न उठाएको थियो । विज्ञप्तिमा सेभेन थ्री स्पोर्टसको कार्य अपारदर्शी रहेको उल्लेख गरिएको छ ।

‘सम्माननीय सर्वोच्च अदालतमा क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशका लागि रिट दर्ता गरिएको छ । अदालतले यस विषयमा उपयुक्त निर्णय जारी गर्नेमा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यसअघि क्यानको बोर्ड बैठकले सञ्चालनमा आएको फ्रेन्चाइज लिग प्रादेशिक संरचनामा गए मान्यता दिने बताउँदै यस्ता लिगलाई राष्ट्रिय मान्यता नदिने बताएको थियो । 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : ०३ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि