भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण « Khabarhub

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरवासीको घरमा धारामा खसेको छ ।

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले बिहीबार संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । 

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गरे । उनले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरू निकै खुसी भएको बताए ।

केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख श्रेष्ठले भक्तपुरवासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताए । मेलम्चीको पानी वितरणसगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका थिए ।

विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवादसमेत दिएका थिए । पानी वितरणसँगै ठाउँठाउँमा पाइप फुटेर पानी चुहिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : ४७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार