राठीले भने,  ‘दर्शककै कारण विदेशी फिल्म आउने नआउने तय हुन्छ’   « Khabarhub

राठीले भने,  ‘दर्शककै कारण विदेशी फिल्म आउने नआउने तय हुन्छ’  


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्षको दिन रिलिज भएको ‘ए मेरो हजुर ४’ टिमले नेपाली प्रदर्शकले स्वदेशी फिल्मलाई नभई विदेशी फिल्मलाई प्राथमिकता दिने गरेको आरोप लगाए । प्रदर्शकले आफ्नै स्वदेशी फिल्मलाई पाखा लगाएको आरोपले फिल्मनगरीमा राम्रै बहस भयो । विदेशी फिल्मलाई प्रशय दिएको आरोप निरज पौडेलको ‘ए एट फिल्म्स’ लाई लाग्यो । किनकी नेपाली फिल्मको लागि राम्रो मानिने डेट वैशाख १ मा भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ रिलिज भयो । यसको प्रत्यक्ष असर नेपाली फिल्मलाई पर्‍यो । प्रदर्शकले स्क्रिन र शो कम दिए । 

निरज पौडेलको वितरण समुहका एक सदस्य मनोज राठीले हालै एक कार्यक्रममा आफूले नेपाल सरकारको कानुन अनुसार हिन्दी फिल्म प्रदर्शन गरेको बताए । ‘हामीले दर्शकको डिमाण्ड अनुसार फिल्म ल्याएर प्रदर्शन गरेका हौँ । यसमा आरोप लगाउनु पर्ने कुनै कारण छैन । फिल्मप्रति दर्शकको आकर्षण भए फिल्म चलाउनु पर्दैन? ‘उनले भने । उनले यो साता कुनै विदेशी फिल्म रिलिज नभइरहेको समेत सुनाए । 

‘कबड्डीप्रति दर्शकको बढ्दो आकर्षण देखेर मैले हिन्दी फिल्म ल्याउने आट गरिन् । शायद, अन्य वितरकले पनि गर्नु भएको छैन । कसैले पनि घाटाको व्यापार गर्दैन’ वितरक राठीले भने । उनले दर्शकको अपेक्षा अनुसार नै फिल्म नेपाल भित्रिने बताए । यो साता आयुष्मान खुराना अभिनीत फिल्म ‘अनेक’ नेपाल नआउने लगभग पक्का छ ।

वितरक राठीलाई केही फिल्मकर्मीहरू हिन्दी फिल्मलाई प्रशय दिएर नेपाली फिल्मलाई पाखा लगाउन लागिपरेको आरोप लगाउदै ‘दलाल’ भन्ने शब्द पनि प्रयोग गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ५ : ०० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी