आजको मौसम : हावाहुरी र वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : हावाहुरी र वर्षाको सम्भावना

३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो समय गर्मी बढेसँगै मौसममा पनि सामान्य उत्तार चढाव आएको छ । आज (शुक्रबार) देशभरको मौसममा आंशिक बदली हुने र केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले जारी प्रिमनसुनका कारण विभिन्न ठाउँमा पानी परेको भएपनि अब नेपालमा मनसुन केहि ढिला शुरु हुने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताएका छन् ।

अरब सागरबाट उत्पन्न सामुन्द्रिक आँधीका कारण नेपालको मनशुन प्रभावित हुने र केहि ढिलामात्र शुरु हुने अवस्था रहेको पौडेलले बताए ।

महाशाखाको ३ दिने मौसमी अनुमान यस्तो छ।

जेठ ३१ गते (शुक्रबार)
दिउँसो: देशकको मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंशिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशकको मध्य पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंशिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते (शनिबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार १ गते (आइतबार)

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : १४ बजे

घरासयी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा – सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर