झापा- झापाको अर्जुनधारा नगरपालिका मा सालको गोलिया काठसहित ३ जना पक्राउ परेका छन् ।
नगरपालिकाको वडा नं. १ स्थित हलुवा गड सामुदायिक वन उपभोक्ता समूहको जगंलबाट बिहीबार करिव १ लाख ४० हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ बस्ने २४ वर्षीय कृष्ण प्रसाईँ, २९ वर्षीय पवन प्रसाईँ र बुद्धशान्ति गाउँपालिका ८ बस्ने ३४ वर्षीय मेघनाथ पौडेल छन् ।
को १ ज १६७३ नम्बरको गाडीमा राखेर लैजाँदै गरेको ३५ क्युफिट सालको गोलिया काठसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल
सुरक्षा वेश खुदुनाबारीबाट खटिएको सशस्त्र प्रहरी र सामुदायिक बन कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई बरामद काठ तथा गाडीसहित आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको टोलीले आजै करिव ५ लाख १७ हजार रुपैयाँ बराबरको १ सय ४८ क्यूफिट सालको काठ बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरीले बर्दियाको मधुवन नगरपालिका ९ धर्मबस्ती र सोही नगरपालिका ७ गंगावस्ती सीमा इलाकाबाट बरामद गरेको हो । बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको छ ।
प्रतिक्रिया