औषधि र स्वास्थ्य उपकरण किन्ने विदेशी मुद्रा नहुँदा लेबनानका अस्पतालहरू बन्द हुने जोखिममा « Khabarhub

औषधि र स्वास्थ्य उपकरण किन्ने विदेशी मुद्रा नहुँदा लेबनानका अस्पतालहरू बन्द हुने जोखिममा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्वी मुलुक लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका लेबनानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

अहिले बैंकहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्, निजी अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले भने ।

लेबनानको केन्द्रीय बैंक नजिकै अस्पतालका प्रतिनिधिहरूले गरेको विरोध सभामा बोल्दै हारुनले तरलता अभावका कारण अस्पतालले आफ्ना श्रमिकको अधिकार सुरक्षित गर्न नसकेको पनि उल्लेख गरे । 

उनले लेबनानको केन्द्रीय बैंक ‘सेन्ट्रल बैंक अफ लेबनान’ लाई स्वास्थ्य क्षेत्रलाई आउनै लागेको सङ्कटबाट बचाउन बैंकहरूमा अस्पतालको कोष जारी गर्न आग्रह समेत गरे ।

लेबनानमा चलिरहेको अभूतपूर्व आर्थिक सङ्कटले गर्दा केन्द्रीय बैंकले अमेरिकी डलर निकासीमा व्यापक नियन्त्रण गर्न बाध्य भएको छ र यसले व्यापार तथा व्यक्ति विशेष दुबैलाई बृहत् प्रभाव पारेको बताइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : ०० बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग