काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल तेब्बर मतान्तरले विजयी, कति ल्याइन् मत ? « Khabarhub

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल तेब्बर मतान्तरले विजयी, कति ल्याइन् मत ?


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका सुनिता डंगोल झण्डै तेब्बर मत ल्याएर विजयी भएकी छिन् ।

डंगोलले ६८६१२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादीं) का रामेश्वर श्रेष्ठले डंगोलको भन्दा झण्डै एक तिहाइ अर्थात् केबल २३८०५ मत मात्र ल्याउन सफल भए ।

तेस्रो स्थानमा रहेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३६१५ मत पाइन् । त्यस्तै, चौथो स्थानमा आएकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी विनिता मगैयाले १२१४१ मत प्राप्त गरिन् ।

काठमाडौँ महानगरमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । यसअघि नै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरतर्फ सुनिता डंगोल विजयी भइसकेका छन् ।

यद्यपि काठमाडौंको औपचारिक मत परिणाम भने शुक्रबारमात्र आउने जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : ०१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी