‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित « Khabarhub

‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ ।

नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको विकासअन्तर्गत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी, नेपाली दर्शनका आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा हिमाली उपमहादेशको दर्शनको परिचय दिइएको छ ।

त्यस्तै मानव सभ्यता, कर्णालीमा दर्शन परम्परा, संस्कृति र मष्टो कुलायन परम्परा, कर्णालीमा प्रचलित दर्शन–परम्परामा लोकायत, बोन, शाक्त, शैव, वैष्णव, साङ्ख्य, बौद्ध, मीमांसा र ब्रह्म दर्शनबारे चर्चा गर्दै कर्णालीमा ती दर्शनको अवस्थाबारे जानकारी दिइएको छ ।

नेपालमा प्रचलनमा रहेका जैन, वैशेषिक, न्याय र योग दर्शन तथा कर्णालीको ऐतिहासिक पक्ष, खस साम्राज्य र संस्कृतिको परिचयसहित दर्शनमा प्रवेश गरेका हुनाले कर्णालीका लागि त पुस्तक सन्दर्भ ग्रन्थ बन्न पुगेको छ । सरल भाषामा मानवसहित दर्शनको विकाससम्मको चर्चा गरिएको हुनाले दर्शनबारे सामान्य जिज्ञासा राख्न चाहने पाठक तथा विद्यार्थीका लागि पुस्तक उपयोगी रहेको लेखकले जनाउनुभएको छ ।

कूल ४४८ पृष्ठ रहेको पुस्तकको मूल्य ४८५ छ । पराजुलीका यसअघि ‘तिब्बत यात्रा’(२०७२) (अङ्ग्रेजी र नेपाली), ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ (२०७४) र ‘श्वेत पर्वत’(२०७८) प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : १७ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी