‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित « Khabarhub

‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ ।

नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको विकासअन्तर्गत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी, नेपाली दर्शनका आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा हिमाली उपमहादेशको दर्शनको परिचय दिइएको छ ।

त्यस्तै मानव सभ्यता, कर्णालीमा दर्शन परम्परा, संस्कृति र मष्टो कुलायन परम्परा, कर्णालीमा प्रचलित दर्शन–परम्परामा लोकायत, बोन, शाक्त, शैव, वैष्णव, साङ्ख्य, बौद्ध, मीमांसा र ब्रह्म दर्शनबारे चर्चा गर्दै कर्णालीमा ती दर्शनको अवस्थाबारे जानकारी दिइएको छ ।

नेपालमा प्रचलनमा रहेका जैन, वैशेषिक, न्याय र योग दर्शन तथा कर्णालीको ऐतिहासिक पक्ष, खस साम्राज्य र संस्कृतिको परिचयसहित दर्शनमा प्रवेश गरेका हुनाले कर्णालीका लागि त पुस्तक सन्दर्भ ग्रन्थ बन्न पुगेको छ । सरल भाषामा मानवसहित दर्शनको विकाससम्मको चर्चा गरिएको हुनाले दर्शनबारे सामान्य जिज्ञासा राख्न चाहने पाठक तथा विद्यार्थीका लागि पुस्तक उपयोगी रहेको लेखकले जनाउनुभएको छ ।

कूल ४४८ पृष्ठ रहेको पुस्तकको मूल्य ४८५ छ । पराजुलीका यसअघि ‘तिब्बत यात्रा’(२०७२) (अङ्ग्रेजी र नेपाली), ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ (२०७४) र ‘श्वेत पर्वत’(२०७८) प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : १७ बजे

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप