लण्डनमा फिल्म पढेका रोहित निर्देशनमा डेब्यु गर्दै « Khabarhub

लण्डनमा फिल्म पढेका रोहित निर्देशनमा डेब्यु गर्दै


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लण्डनबाट फिल्म शिक्षामा मास्टर्स गरेका रोहित करण वैद्यले नेपाली फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । लण्डनको  ‘नेशनल फिल्म एण्ड टेलिभिजन स्कुल’ बाट फिल्म निर्देशन र टेलिभिजन मनोरञ्जन कार्यक्रम निर्माणमा मास्टर गरेका वैद्यले फिल्म  ‘मायाको माया’ बाट नेपाली फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

उनले सन् २०१७ मा आफ्नो पहिलो प्रोजेक्ट  ‘लाइफ अन रोड नेपाल’ निर्माण निर्देशन गरेका थिए । उक्त डकुड्रामा ग्रीसको ‘लेरापत्र अवार्ड्स सेरेमोनी’, सिंगापुरको ‘इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ र ‘इन्डीफिल्म फेस्ट’ क्यालिफोर्नियामा प्रदर्शन भएको थियो । क्यालिफोर्नियामा रोहितले उक्त फिल्मबाट अवार्ड समेत जितेका थिए ।

फिल्म लेखन र निर्देशनको भोक बोकेर नेपाली रजतपटमा पाइला राख्दै गरेका रोहितले फिल्म शिक्षा र अन्तर्राष्ट्रिय फिल्म उद्योगबाट प्राप्त अनुभवले नेपाली पन बोकेको फिल्म दर्शक माझ ल्याउन आतुर छन् । त्यसो त नेपालमा पछिल्लो समय धेरै मन पराइने जनरा फेमिली ड्रामा, लभस्टोरी र कमेडी नै हो भने समीक्षक र दर्शक दुबैबाट आलोचना खेप्ने फिल्म पनि यही जनराका हुन् ।

पहिलो प्रोजेक्टमा नै प्रेम मिसाएर फेमिली ड्रामा उठाउँदै गरेका उनले नेपाली दर्शकलाई पहिलो स्वाद कस्तो दिनेछन् त्यसको लागि फिल्म निर्माण सम्पन्न भएर हलसम्म आउने समय पर्खिनैपर्छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  २ : ०७ बजे

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्ला– जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६

मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत

जनकपुरधाम– चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् काटिने

बागमती– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित

कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३-११ केभी,