बालेनलाई श्रीमतीको बधाई : 'तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !' | Khabarhub Khabarhub

बालेनलाई श्रीमतीको बधाई : ‘तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !’


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन) चर्चाको विषय बनेका छन् । उम्मेदवारी दर्ता देखि नै चर्चाको विषय बनेका बालेनलाई अहिले सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको कमी छैन । यद्यपि एउटा बधाईले सबैको ध्यान तानेको छ । त्यो बधाई उनलाई अरु कसैले नभई उनकै श्रीमती सबिना काफ्लेले दिएकी हुन् । 

बालेनको उम्मेदवारीसँगै उनकी श्रीमती सबिनाको पनि चर्चा भयो । यो समयमा उनी सामाजिक सञ्जालमा सेलिब्रेटीभन्दा  कम छैनन् । ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’ उनले बालेनको संयमता नै शक्ति  रहेको उल्लेख गरेकी छन् । 

‘दिन रात नभनी तिमीले गरेको  मिहिनेतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् १ु उनले लेखेकी छन् । उनी थप्छिन् ,‘घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।’ उनले बालेनको पाइला अगाडि बढिरहनु भन्ने कामना गर्दै ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न प्रेम, विश्वास , साथ अनि समर्थन रहने उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  २ : १३ बजे

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली

अटिजमको महँगो थेरापी : अभिभावकलाई थपिएको आर्थिक सकस !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले काठमाडौँको खुलामञ्चमा यतिखेर सीप मेला आयोजना

गण्डकीको बजेटमा माओवादीको आपत्ति

पोखरा– प्रमुख प्रतिपक्षी दल माओवादीको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक