जितुलाई कस्तो लाग्यो ‘कबड्डी ४’ ? « Khabarhub

जितुलाई कस्तो लाग्यो ‘कबड्डी ४’ ?


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कबड्डीको चौथो सिरिज आजबाट प्रदर्शनमा आएको छ । शुक्रबार, शनिबार र आइतबार यस फिल्मले ५ करोड बढीको ग्रस कलेक्सन गर्ने वितरकहरू अनुमान छ ।

फिल्मको मल्टिप्लेक्समा देखिएको चापले यसले पहिलो दिन झन्डै २ करोडको हाराहारीमा कलेक्सन गर्ने देखिएको छ । रिलिजको पूर्व सन्ध्यामा ‘कबड्डी’ ४ : द फाइनल म्याच’ को भव्य प्रिमियर गरियो । लगभग एक हजार दर्शकले हेर्न मिल्ने गरी आयोजना गरिएको प्रिमियरमा यसले मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्म हेर्न पुगेका अभिनेता जितु नेपालले फिल्मलाई सिरिजकै रमाइलो भनेका छन् । 

‘यो सिरिज मध्येकै रमाइलो फिल्म यही लाग्यो । फिल्ममा आफ्नै कथा र आफ्नोपन छ । साथमा नेपालमा रहेको हिमाली सुन्दरतालाई यसमा देखाइएको छ । फिल्म हेरुन्जेल रमाइलो लाग्छु जितुले भने । उनले फिल्म हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस किसिमको फिल्मले दर्शकलाई हलसम्म ल्याउने बताए । ‘फिल्मलाई दर्शकले पत्याए भने आफैँ आउने रहेछन् । फिल्मको बुकिङले त्यो प्रमाणित गरिसक्यो’ उनले भने । जितुले पनि पछिल्लो समय हिरो बनेर ‘ह्यारी कि प्यारी’ नामक फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ३७ बजे

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन