विकासका काममा सबै जनप्रतिनिधिले साझा सहमति बनाऔँ : प्रदेशसभा सदस्य थापा « Khabarhub

विकासका काममा सबै जनप्रतिनिधिले साझा सहमति बनाऔँ : प्रदेशसभा सदस्य थापा


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 महोत्तरी– महोत्तरी क्षेत्र न.१ (क) कि प्रदेशसभा सदस्य शारदादेवी थापाले विकासका लागी जिल्लाभरका सबै जनप्रतिनिधिहरूको साझा सहमति बन्नुपर्ने बताएकी छन् ।

रोडट्र्याक क्लब बर्दिबासले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै थापाले जनप्रतिनिधिहरू जनताको मुद्दामा सधैँ तत्पर रहनुपर्ने औँल्याइन् । जनप्रतिनिधिले जनताकै समस्यासँग नजिक रहनुपर्ने बताउँदै थापाले भनिन जनताको कुरा सुनेपछिमात्र विकासमा अगाडि बढनुस्विकासका मोडेलहरू तयार गर्दा जनताका आधारभुत आवश्यक्तलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकासको ग्राफ तयार गर्न पनि सदस्य थापाले सल्लाह दिइएकी छन् । उक्त स्वागत सम्मान कार्यक्रममा बर्दिबासका नगरप्रमुख, उपप्रमुखसहित  १४ वटै वडाका निर्वाचित वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

नव निर्वाचित नगरप्रमुख प्रल्हाद क्षेत्रीले पनि विकासका लागी सबैसँग साझा सहमति बनाउनेमा प्रतिबद्धता जनाएका छन । सबै राजनीतिकदलहरूसँग  मिलेर समृद्ध बर्दिबासको अवधारणालाई अगाडि बढाउने नगरप्रमुख क्षेत्रीको भनाइ छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : ५६ बजे

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी