प्रतिनिधिसभामा नीति कार्यक्रममाथिको छलफल जारी (लाइभ) « Khabarhub

प्रतिनिधिसभामा नीति कार्यक्रममाथिको छलफल जारी (लाइभ)


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठक जारी छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु भएको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम चलिरहेको छ ।


शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज बाँकी सांसदले आफ्नो धारणा राख्न लागेका हुन् । शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

नीति कार्यक्रम आज पारित गरेर भोलि १५ जेठमा सरकारले बजेट ल्याउने तयारी गरेको छ। त्यसका लागि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ ।

प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । राष्ट्रियसभाले शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ०९ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष