उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध रूस र चीनको भिटो « Khabarhub

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध रूस र चीनको भिटो


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ ।

सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई रुस र चीनले विशेषाधिकार ‘भिटो’ प्रयोग गरी असफल पारेका हुन् । 

भिटो प्रयोग गर्ने चीनको निर्णयको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियाविरुद्ध सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले सम्बन्धित देशहरूले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने समेत जिकिर गरे ।

समस्याको राजनीतिक समाधान खोजिनुपर्ने, हालको अवस्थामा उत्तर कोरियाविरुद्ध थप प्रतिबन्धहरूले समस्या समाधानमा मद्दत नगर्ने बरु थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउने राजदूत झाङले बताए ।

कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धहरूले ठूलो मानवीय प्रभाव पार्ने उनको टिप्पणी छ ।

संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँचवटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  २ : ४३ बजे

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

एजेन्सी– इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो

हुम्लामा निःशुल्क आँखा शिविर : अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

सिमकोट– हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू राष्ट्रिय सभागृहमा भेला (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

काठमाडौं– सर नमस्कार म बोलेको (नाम मर्यादाका लागि गोप्य) ।

जनकपुर बोल्ट्सले बिहीबार आमा नामको जर्सी लगाउने (तस्बिरहरू)

जनकपुर– एनपीएल दोस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेलमा आमालाई